
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजमसान्त सम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
बैंकले अघिल्लो वर्ष यही अवधिमा बैंकले ३ करोड ७९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो । बैंकको वितरणयोग्य मुनाफा घटेर २ करोड ४२ रुपैयाँमा सीमित बनेको छ।
अघिल्लो वर्ष यस्तो मुनाफा ३ करोड ६८ लाख रुपैयाँ थियो । यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत १ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ करोड ७९ लाख सञ्चालन घाटा व्यहोरेको थियो ।
समीक्षा अवधिमा बैंकले ५ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९ करोड ३ लाख रुपैयाँ थियो। यो हिसाबले खुद ब्याज आम्दानी ४४।२६ प्रतिशतले बढेको छ ।
पहिलो त्रैमासमा बैंकले ४ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
चुक्तापुँजी ५० करोड २८ लाख रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६४.९२ प्रतिशतले घटेर ६ करोड ५४ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष रिजर्भमा १८ करोड ६५ लाख रुपैयाँ थियो ।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) थोरै घटेर ३।१२ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ३।४० प्रतिशत थियो । सीडी रेसियो ७५.०२ प्रतिशत रहेको बैंकको आधारदर १३.५० प्रतिशत छ ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.२७ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ईपीएस ७।५४ रुपैयाँले ऋणात्मक थियो । पीई रेसयो ९४.४१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ११८.०२ रुपैयाँ रहेको छ ।