घोराही । दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा चुनावी रौनक बढेको छ ।
पूर्वमन्त्री रेखा शर्मा र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलबीचको चुनावी प्रतिस्पर्धाले यो निर्वाचन क्षेत्रको चर्चा देशव्यापी हुने गरेको छ । कुनै पनि निर्वाचनमा चुनाव जित्नका लागि प्रचारप्रसारमा महिलाहरुको सहभागिता कत्तिको छ भन्ने कुराले पनि अर्थ राख्दछ ।
महिलाहरु प्रचारप्रसारमा महिला सहभागि हुँदा त्यसको प्रभावकारीकता निकै राम्रो हुने गरेको छ ।
अहिले यो निर्वाचन क्षेत्रमा गठबन्धनको प्रचारप्रसारमा महिलाहरुको सहभागिता उत्साहजनक देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्बद्ध महिला नेता तथा कार्यकर्ताहरु व्यापकरुपमा खटिरहेका छन् ।
‘अहिले कार्यक्रमहरुमा महिलाहरुको सहभागिता निकै बढिरहेको छ,’ माओवादी केन्द्र निकट अनेमसंघ (क्रान्तिकारी) का जिल्ला सचिव प्रेमा गैरेले भन्नुभयो, ‘गाउँगाउँमा गृहणी महिलाहरु पनि हाम्रा भेटघाटहरुमा सक्रियरुपमा सहभागि भइरहनुभएको छ ।’
राष्ट्रियसभा सदस्य समेत रहनुभएकी महिला संघकी केन्द्रीय नेता अनिता देवकोटाले यो निर्वाचनमा रेखा शर्मा सहित गठबन्धनका सबै उम्मेदवारले विजय हासिल गर्ने बताउनुहुन्छ ।
‘महिला, दलित, जनजाति तथा पछाडी पारिएका समुदायका व्यक्तिहरुले संसद्मा आफ्नो भावनाको प्रतिनिधित्व होस् भन्ने चाहेका छन्,’ उहाँले भन्नुभयो, ‘यो व्यवस्थाका लागि निकै संघर्ष गर्नुभएकी महिला नेतृ रेखा शर्मामा प्रति सबैको साथ र समर्थन रहने छ भन्ने हामीले विश्वास लिएका छौं ।’
गठबन्धन अन्तर्गत प्रदेशसभामा उम्मेदवार बन्नुभएका दाङ २ (१) का उम्मेदवार राजु खनाल र २ (२) का उम्मेदवार प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ को एमालेका उम्मेदवार भन्दा निकै अघि भएको बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नं ७ निवासी लवरु चौधरी रेखा शर्मा शंकर पोख्रेल भन्दा निकै सक्षम र इमान्दार नेता भएको बताउनुभयो । ‘रेखा शर्मा मन्त्रि र सांसद् हुँदा दाङको विकासका लागि निकै काम गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘रेखा शर्मा हल्ला कम र काम बढी गर्ने स्वभावको नेता हुनुहुन्छ ।’
घोराही उपमहानगरपालिका वडा नं १७ निवासी सिउरनी चौधरीले यस पटक यहाँका मतदाताले महिलालाई अवसर दिने धारणा व्यक्त गर्नुभयो । रेखा शर्माहरुकै संघर्षको योगदान स्वरुप नेपालमा महिला अधिकार सुनिश्चित भएको उहाँको भनाई छ ।