दंगाली कम्युनिष्ट नेता नेपालीको निधन

दुधरास । दंगाली कम्युनिष्ट नेता घनश्याम नेपालकाे निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका – १८ अक्कासी निवासी ६९ बर्षिय नेपालीको निधन भएको हाे । लामो समय देखि जेन्डिसबाट थलिएका नेपालीको तुलसीपुर – १७ फाेर्टिनाईन स्थित घरमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
माओवादी केन्द्र दाङका सल्लाहकार एवम् बिजौरी गाबिस पुर्व अध्यक्ष समेत रहुन भएका नेपाली दंगाली कम्युनिष्ट आन्दोलनका अथक योद्धाका रुपका चिनिनु हुन्छ ।
नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनका अगुवा र पंचायती ब्यबस्था बिरुद्ध संघर्षमा सामेल हुदा नेपाली पटक / पटक दाङ,सल्यान, र प्युठानमा जेल जीवन विताउनु भएको थियाे । मृतक नेपालीको पार्थिव शरिरमा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य जगप्रसाद शर्मा ( अपार) ले पार्टीको झण्डा ओडाएर श्रञ्द्वाञ्जली ब्यक्त गर्नु भएको थियाे ।
त्यस अबसरमा पुर्व सामान्य प्रशासन मन्त्री एवम् दाङ २,का उमेदवार रेखा शर्मा , २ (ख) का उमेदवार प्रचण्ड, विक्रम न्यौपाने , माओबादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा ( डायमण्ड) एमाले महासचिव शंकर पाेखरेल , लगाएतको सहभागीता भएको थियाे ।

प्रकाशित मिति : २०७९ कार्तिक ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस