नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा आजबाट सुरु

काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा रंगशालामा विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले खेल​को औपचारिक उद्घाटन गर्नेछन् ।

उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।

कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् र विजयी खेलाडी र खेलाडीका टिमले ४ सय ४ स्वर्ण र सोही अनुरुपमै रजत र कास्य पदक हात पार्ने छन् ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस