बिजौरी। तुलसीपुर उपमहानगरपालिका वडा नं १७ र १८ का युवाहरुले बुधबार उक्त वडामा रहेका विभिन्न रोगको उपचार गराइरहेका अतिबिपन्न बिरामीहरुको घर–घरमा गई आर्थिक सहयोग हस्तान्तर गरेका छन् ।
सहयोग गर्ने युवा अभियन्ताहरुमा तुलसीपुर नगरकार्यपालिकका सदस्य बिकास नेपाली, नेकपा एमालेका जिल्ला सदस्य सन्तोष डाँगी, युवा अभियन्ता कपिल लामिछाने, मुकेश नेपाली, कृष्ण परियार, नारायण वलीलगायतका युवाहरुले घर–घरमा गई क्यान्सर पीडित ललित वली बचाउँ अभियान अन्तर्गत उठेको रकम बिरामीका परिवार तथा बिरामीलाई हस्तान्तर गरेका हुन् ।

क्यान्सर रोग लागि तुलसीपुर–१७ निवासी २२ बर्षका ललित वलीको निधन भएपछि उनको उपचारमा जुटाईएको रकम बिभिन्न रोगको उपचार गर्न नसक्ने परिवारका लागि ललित वलीका बुवा हर्क बहादुर वलीले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
छोराको मृत्युपछि छोराको स्वर्गमा बास होस् र मैले पनि छोराको लागि उठेको रकम छोराजस्तै बिरामी भई उपचार गराईरहनु भएका बिरामीहरुलाई दिन पाउदा पुण्य हुने भन्दै उक्त सहयोय रकम हस्तान्तरण गर्ने योजना गराएको र आज ती बिरामीहरुको घर–घरमा गई सहयोग गर्न पाउदा निकै खुसी लागेको बताए ।
उक्त अभियानबाट उठेको रकम आज तुलसीपुर–१८ गैरा बिजौरीका क्यान्सर रोगबाट पीडित भिम बहादुर पुन, अक्कासी निवासी क्यान्सर पिडित धन बहादुर रोका, तुलसीपुर–१७ झिङ्गैका प्यारालाइसिसका बिरामी राम प्रसाद नेपाली र झिङ्गैका आन्द्रा प्वाल परी उपचार गराइरहेका बिरामी चन्द्र प्रकाश भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम हस्तान्तरणपछि अभियन्ताहरु कृष्ण नेपाली र नारायण वलीले यस्ता खालका अभियानले बिरामीको मनोबल बढाउने र उनिहरुको घाउँमा केह भएपनि मलमपट्टी लाग्ने भएको हुँदा यो खालको अभियान सञ्चालन भईरहने र यस्ता जघन्य रोगको समस्यामा परेका ब्यक्तिहरुको विवरण संकलन गरि सहयोग गर्दै हिड्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । साथै उनीहरुले अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगदाताहरुलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।


