प्रदेशसभामा दाङ क्षेत्र नं. २ख मा माओवादीबाट ६ जनाको नाम सिफारिस

घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुन थाले प्रदेश सभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट ६ जनाको नाम सिफारिस गरेको छ ।

माओवादी निर्वाचन क्षेत्र समन्वय समिति २ (ख) को बैठकले तुलसी डाँगी (मिलन), मिना बुढा, श्रीधर पौडेल, बुद्धि प्रकाश चौधरी (सचिन), राजबहादुर परियार (राजु कान्छा) र पिताम्बर वलीको नाम सिफारिस गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य अजयदीप शर्माले जानकारी दिए ।

समन्व समितिका संयोजक बुद्धिप्रकाश चौधरी (सचिन) को अध्यक्षता एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य भीमकुमारी बाँठा (निशाना) को प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस