
दाङ । प्रदेश सरकारले लुम्बिनी प्रदेशका लागि मंगलबार सार्वजनिक बिदा घोषणा गरेको छ । हरितालिका तीजको अवसर पारी प्रदेश सरकारले बिदा घोषणा गरेको हो ।
प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । प्रदेश सरकारको २१ चैत २०७८ को निर्णयबाटै प्रदेशभर तीजका दिन बिदा दिने गरी निर्णय भएको थियो ।
सूचना हेर्नुहोस्

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार