‘कृष्णलीला’ सफल नभए पुष्पले पारिश्रमिक फिर्ता गर्ने

काठमाडौं । अभिनेता पुष्प खड्काले आफू अभिनित फिल्म ‘कृष्णलीला’ बक्स अफिसमा सफल नरहे पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् ।

शुक्रबारदेखि प्रदर्शन हुन गइरहेको चलचित्र बारे बोल्दै उनले भने, ‘यदि फिल्म चलेन भने आफूले पाएको पारिश्रमिकको निश्चित प्रतिशत रकम फिर्ता गर्छु ।’

आफू दुई कारण पारिश्रमिक फिर्ता गर्न तयार भएको पुष्पले सुनाए । ‘सबैभन्दा मार निर्मातालाई पर्ने हो । फिल्म क्षेत्र निर्माताबिना अधुरो छ,’ उनले भने,

भावनात्मक रुपमा आफू ‘कृष्णलीला’सँग निकट भएकाले पनि पारिश्रमिक फिर्ता गर्नुपर्छ भन्ने महसुस भएको उनले बताए । दीपक वली निर्देशित फिल्ममा पुष्पले अटिजम प्रभावित रोमान्टिक युवकको भूमिका निर्वाह गरेका छन् ।

रोहित कट्टेल निर्माता रहेको फिल्ममा पुष्पसँग डेब्यु गर्ल श्रद्धा क्षेत्रीले अनस्क्रिन रोमान्स गरेकी छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस