दाङमा पौडी खेल्दा डुबेर युवकको मृत्यु

दाङ – दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ।

शनिबार साथीहरुसँग नुहाउन घोराही उपमहानगरपालिका–२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा पुगेका घोराही उपमहानगरपालिका–२ रामपुर बुका निवासी २६ वर्षीय निराजन पोख्रेलको पानीमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीले जानकारी दिए।

दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सूचना पाएलगत्तै डिएसपी बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो।

खोज तलास गर्ने क्रममा पोख्रेलको शव खोंचमा अड्किएको अवस्थामा फेला परेको थियो। निराजन आफ्ना अन्य दुई जना साथीसहित पौडी खेल्न पुगेको बताइएको छ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस