‘परदेशी २’ अब फागुन ५ मा आउने

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को रिलिज मिति पछि सरेको छ । असोज १४ गते रिलिज हुने भनिएको फिल्म अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिए ।

उनले वितरक, हल सञ्चालक र फिल्मकर्मीहरुसँगको सल्लाहमा ‘परदेशी २’लाई फागुनमा ल्याउने निर्णय गरिएको बताए ।

फिल्मको केही प्राविधिक काम बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने देखिएकाले रिलिज मिति पछाडि सारिएको निर्देशक रायमाझीले बताए ।

‘परदेशी २’ मा प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस