
काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपिओ मंगलबार बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारणले सेयर पाएका छन्।
जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।
बिक्री प्रबन्धकका अनुसार यो आइपिओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकोमा १ हजार १०४ जनाको आवेदन रद्द भएका भएको छ ।
कम्पनीले साउन १३ देखि १७ गतेसम्म कुल ७ लाख २१ हजार ६० कित्ता आइपिओ निष्कासन गरेको हो ।
सर्वसाधारणमा वितरण हुने कुल कित्ता आइपिओमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ।
यस बाहेक बाँकी ६ लाख ७० हजार ५८६ कित्ता आइपिओ सार्वजनिक निष्कासनमार्फत कम्पनीले विक्री गरेको थियो।
लगानीकर्ताले एनआइबिएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।
साथै, सयपत्री हाइड्रोपावरको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिने व्यवस्था छ।