साताको पहिलो दिन आइतबार सुनको भाउ ५०० रुपैयाँले घट्यो

काठमाडौं , साताको पहिलो दिन आइतबार सुनको भाउ ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आइतबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस