साफ यू–२० च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै नेपाल बाहिरिएको छ ।

मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले ले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह चरणबाटै बाहिरएको छ ।

भारतसँग ८–० को लज्जास्पद हार व्यहोरेको नेपालका लागि फाइनल प्रवेशको सम्भावना कायम राख्न बंगलादेशमाथि भारी गोल अन्तरको जित चाहिएको थियो ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकियो ।

पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । १५औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट प्रहार गरेको बल बंगलादेशी डिफेण्डरलाई लाग्दै बाहिरिएको थियो । ३३ औं मिनेटमा दिपेश गुरुङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपर मोहम्मद आसिफले पञ्च गर्दै बचाए ।

६३औं मिनेटमा अहमेद नोभाले गोल गर्दै बंगलादेशलाई पहिले अग्रता दिलाए, तर पाँच मिनेटपछि ने नेपालले गोल फर्कायो । ६८औं मिनेटमा निरन्जन मल्लले बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरे ।

८८औं मिनेटमा बंगलादेशका नोभाले वान भर्सेस वानमा गोल गर्सकेनन् । नोभाको प्रहार नेपालका गोलकिपर इश्वर गुरुङले बचाएपछि खेल बराबरीमा टुंगियो ।

बराबरीपछि चार खेलबाट १० अंक जोड्दै बंगलादेश लिगको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गर्यो । समान चार खेलबाट ७ अंक जोडेको नेपालका लागि भने भारत र माल्दिभ्सको खेल महत्वपूर्ण भयो ।

६ अंक जोडेको भारत, माल्दिभ्ससँग भारत पराजित भएमा नेपाल फाइनल पुग्ने भयो ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस