
काठमाडौं । अभिनेता अनमोल केसी ‘छड्के २’मा अनुबन्धित भएका छन् । दुई साताअघि नै अनमोल मुख्य भूमिकाको लागि फिल्मसँग औपचारिक रुपमा जोडिएको निर्देशक निगम श्रेष्ठले जानकारी दिए ।
तर अनमोल कति पारिश्रमिकमा अनुबन्धित भए र उनको चरित्र चित्रण के हो भन्नेबारे श्रेष्ठले खुलाएनन् । साथै, अन्य कलाकारबारे चाँडै जानकारी दिने उनले बताए ।
यद्यपि, यो फिल्म सन् २०१३ मा रिलिज भएको फिल्म ‘छड्के’को सिक्वेल नभएको निर्देशक श्रेष्ठले बताए । ‘यो सिक्वेल होइन, सिरिज हो’ उनले भने, ‘हामीले सिरिजकै रुपमा यसलाई बनाउन लागेका हौं ।’
‘छड्के २’ ग्याङस्टर र कमेडी विधामा निर्माण हुन लागेको र साउन अन्तिमदेखि चितवन र मनाङमा फिल्म सुटिङ हुने जनाइएको छ । निर्वाण फिल्म्स र अर्को एक कम्पनीले मिलेर फिल्म बनाउन लागेका हुन् ।
प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार