गर्मीयाममा बालबालिकालाई छालाको एलर्जीबारे जान्नुहोस्

काठमाडौं । बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । सानो लापरवाहीले पनि उनीहरुको छालामा गम्भीर समस्या आउन सक्छ । विशेषगरी गर्मीयाममा बालबालिकाको छालामा एलर्जीको समस्या देखिने गर्छ । छालामा समस्या देखिनुमा विभिन्न कारण हुनसक्छ ।

यसतर्फ अभिभावक सचेत हुनु आवश्यक हुन्छ । छालामा के कारणले एलर्जी हुन्छ ? यसबाट बच्ने उपाय यस्ता छन् ।

एलर्जी हुने कारण

छाला चिसो हुँदा ब्याक्टेरिया सम्पर्क आउने हुँदा संक्रमण हुन सक्छ । यसले एलर्जीको समस्या देखिन्छ । धातुको सम्पर्कमा पनि बालबालिकालाई एलर्जी हुनसक्छ । कुनै बालबालिकालाई फूल वा रुखको सम्पर्कले पनि एलर्जी गराउन सक्छ । यस्तै कतिपय कपडाका कारण पनि छालामा एलर्जीको समस्या हुन सक्छ । छालाको सरसफाइ राम्रोसँग नगर्दा पनि बालबालिकामा यस्तो समस्या देखिन्छ ।

एलर्जीका लक्षण

१. बारम्बार छाला चिलाइरहने

२. छाला रातो भएर आउने

३. घुँडा माथि र तल, कानको पछाडि, नाडीमा दाग देखिने

४. गाला, आँखा र ओठको रंग बदलिने

५. र्यासेससँगै गहिरो दाग देखिने

एलर्जीबाट बच्ने उपाय

बालबालिकामा देखिने एलर्जी सबैलाई एकै प्रकारको हुँदैन । उनीहरुको लक्षण फरक-फरक हुने गर्छ । बालबालिकामा देखिएको छालाको समस्याले धेरै नै समस्या देखिए तुरुन्तै चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।

छालाको एलर्जीबाट बच्न निम्न उपाय अपनाउनुपर्छ । छालाको एलर्जीबाट बच्न दिनहुँ साबुन प्रयोग गर्नुहुँदैन । साबुनले एलर्जीलाई बढाउने भएकाले यसको प्रयोग कम गर्नुपर्छ । कतिपय कपडाले छालामा एलर्जी गराउने हुँदा प्रायः कटनको कपडा प्रयोग गर्नु राम्रो हुन्छ ।

एलर्जीले चिलाउने, दाग बस्ने जस्ता समस्या हुने भएकाले आइसले सेक्दा लाभदायक हुन्छ । बालबालिकालाई नुहाइदिएपछि चिसो राख्न हुँदैन यसले गर्दा एलर्जी गराउने गर्छ । नुहाइसकेपछि छालालाई राम्रोसँग पुछ्नुपर्छ ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस