बाबुको मृत्युपछि एमालेले बनायो छोरालाई उम्मेदवार

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका –१७ को वडाअध्यक्षमा नेकपा (एमाले)ले प्रदीप चौधरीलाई उम्मेदवार बनाएको छ ।

वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनकै छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको तुल्सीपुर नगर कमिटिका अध्यक्ष माधव वलीले जानकारी दिनु भयो।
एमालेका लागि बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिनुभयो ।
बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ। वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातसम्म प्रचार प्रसार गर्न पाइने निर्वाचन अधिकृत अर्यालले वताउनु भयो । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ। कलेजो र मिर्गौला रोगका कारण चौधरीको गत आइतबार राति मृत्यु भएको थियो।

प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस