दुर्गेश थापाको दृश्य ‘ए मेरो हजुर ४’बाट हटाइयो

काठमाडौं । पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए ।

उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाएको छ ।

निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको बताए । ‘कसैलाई चित्त दुखाउने हाम्रो उद्देश्य होइन, अहिलेको परिस्थितिलाई ध्यान दिंदै दृश्यलाई हटाएका हौं । त्यो भाग हटाउँदा पनि कथामा असर पर्ने देखिएन,’ थापाले भने ।

अभिनेत्री सुहाना थापाको पात्रले गायकको रुपमा रहेका दुर्गेशलाई भेटेको डेढ मिनेट लामो दृश्य फिल्ममा समावेश थियो । निर्माता थापाका अनुसार साढे दुई वर्षअघि उक्त दृश्य छायांकन गरिएको थियो ।

‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गते रिलिज तयारीमा छ ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस