लोकदोहोरी गायक पशुपति शर्माले दर्शकलाई झुमाए

भालुबाङ। चर्चित लोकदोहोरी गायक पशुपति शर्माले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई झुमाएका छन। राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालन भैरहेको राप्ती चौथो ब्यापारिक पर्यटन तथा कृषि महोत्सव २०७८ को सोमबार चौथो दिन गायक शर्माले आफ्नो प्रस्तुति दिएका थिए।

यसैगरी लोकदोहोरी गायिका मन्जु भट्टराई, गायक तथा मोडल धन बहादुर गुरुङ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए।

कृषि पर्यटन कला संस्कृतिको पहिचान राप्ती चौथो ब्यापारिक पर्यटन तथा कृषि महोत्सव २०७८ ज्ञान भन्ने मुल नाराका साथ राप्ती उद्योग बाणिज्य संघ, भालुबाङद्वारा सञ्चालित महोत्सव चैत ११ गतेदेखि चैत २२ गतेसम्म चल्ने छ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस