दंगीशरण । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल दंगीशरण गाउँपालिकाको अध्यक्षमा माधव विक चयन भएका छन् ।
शनिबार हेकुलीमा भएको वाइसिएल प्रथम भेलाले विकको अध्यक्षतामा ७१ सदस्यीय कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा सुरेश चौधरी, गणेश चौधरी र दिनेश नेपाली चयन भएका छन । त्यस्तै सचिवमा बिष्णु एरी, सहसचिवमा राधी चौधरी, राकेश चौधरी, सिरिसा बस्नेत र कोषाध्यक्षमा सृजना बस्नेत चयन भएका छन् ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्यहरू भिम बहादुर वली ड्राइभर, हिरालाल चौधरी बज्र, भिम बहादुर वली महेश, प्रदेश सदस्य तथा वाइसीएलका लुम्बिनी प्रदेश सहसंयोजक प्रविन वली, पार्टीका गाउँ कमिटी अध्यक्ष मनिराम चौधरी जेहेन्दार, अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश सचीव मदन जि.एम, वाइसीएल लुम्बिनी सदस्य तथा दाङ जिल्ला इन्चार्ज माधव बुढाथोकी दाङ जिल्ला संयोजक अम्मर नेपाली माइकल लगायतको सहभागिता रहेको थियो ।
गाउँ संयोजक माधव बि.क को अध्यक्षतामा भएको भेलाको सञ्चालन गाउँ कमिटी सचीवालय सदस्य प्रविन योगीले गरेका थिए ।