दाङ। क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका शाखा गठन भएको छ। आज (शुक्रबार) एक भेला गरि जगत खनालको नेतृत्वमा १८ सदस्यीय कमिटी गठन गरिएको हो।
भुवन केसि को अध्यक्षता र नेकपा माओवादी केन्द्र दाङ जिल्ला सचीव विश्वराज आचार्य को प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो। नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटी अध्यक्ष स्यामेस चौधरी, जननिर्वाचित वडा अध्यक्ष जगत बहादुर थापा, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला इन्चार्ज प्रकाश चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रेस सेन्टर नेपाल दाङ जिल्ला अध्यक्ष पाण्डब शर्माले विषयवस्तु माथी प्रकाश परेका थिए। जगत खनाल नेतृत्वको टिममा उपाध्यक्ष छपेन्द्र बहादुर बुढाथोकी, महिला उपाध्यक्षमा भुमा बिष्ट, सचिव भुपेन्द्र पाण्डे, सहसचिव अतिस नेपाली, कोषाध्यक्ष सुस्मा गिरी रहेका छन्।
त्यसैगरी सदस्यहरुमा सुनिल पुरी, हरि भण्डारी, खिमु वली, खुम बहादुर चौधरी, कमला केसी, यमकला चौधरी, बिन्दु बिष्ट, बसन्त गिरी, सुभाष बिक, राम बहादुर शाही, नारायण पोख्रेल र शान्तराज बुढा मगर चयन भएका छन्।
प्रेस सेन्टर नेपाल का प्रदेश कमिटी सदस्य नेत्र खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जगत खनालले गरेका थिए।