दंगीशरण । दंगीशरणका दुई विद्यालयमा अखिल क्रान्तिकारीको कमिटि गठन गरिएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले दंगीशरण वडा नं. ३ स्थित विरेन्द्र मा.बि. हेकुलीमा कमिटीगठन गरेको छ ।
प्रदिप खत्रीको अध्यक्षतामा ७२ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षहरुमा चित्रकला गिरी र पुष्कर केसी, सचिवमा अन्जन चौधरी, सहसचिव किरण रत्गैया र कोषाध्यक्षमा बिना रोकालाई चयन गरिएको छ । त्यस्तै खेलकुद बिभाग प्रमुखमा ज्ञान बहादुर डाँगी, संगठन विभाग प्रमुखमा लोक बहादुर पुनलगायत रहेका छन् ।
यस्तै सिद्ध पृथ्वी मा.वि श्रीगाउँमा प्रशान्त चौधरीको अध्यक्षतामा ४९ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा सुरिना चौधरी, सचिवमा आयुस रसाइली, सहसचिवमा अस्मिता चौधरी, कोषाध्यक्षमा मोहन थापा लगायत ४९ सदस्यीय कमिटी गठन गरिएको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सचिव मदन जीएम, बिशिष्ट अतिथि अखिल क्रान्तिकारी दाङ जिल्ला कमिटी कोषाध्यक्ष हिरालाल ओली ‘जनार्दन, जिल्ला कमिटी सदस्य एवम दंगीशरण अध्यक्ष भुपेस खत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारी दाङ जिल्ला कमिटी सदस्य प्रविन योगीले गरेका थिए ।