
काठमाडौं । हिमाली क्षेत्रको प्रेमकथामा आधारित सौगात मल्ल र दीया पुन स्टारर फिल्म ‘मन्त्र’को प्रदर्शन मिति घोषणा भएको छ । कोरोना महामारीका कारण पटक–पटक रिलिज स्थगित गरेको फिल्मले आगामी वैशाख १६ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक खिलबहादुुर गुरुङले उक्त मितिमा फिल्मलाई रिलिज गर्न लागिएको जानकारी दिए । अन्तर्राष्ट्रिय नारी दिवस र अभिनेत्री दीया पुनलाई सगरमाथा आरोहणका लागि बिदाइ गर्न आयोजित कार्यक्रममा फिलमको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो ।
रिलिज मितिबारे निर्देशक गुरुङले भने, ‘केजीएफजस्ता ठूला भारतीय फिल्म र वैशाख ३० गते हुने स्थानीय चुनावलाई ध्यानमा राखेर प्रदर्शन मिति फाइनल गरेका छौं ।’
अभिनेता सौगात मल्लले पनि एउटै खाले फिल्ममा काम गर्दागर्दा दिक्क लागेको बताए । कार्यकारी निर्माता देवेन्द्र मानन्धरले त्यतिबेलाको हिमाली प्रेमकथा बुझ्न पनि अहिलेको पुस्ताको दर्शकले ‘मन्त्र’ हेर्नुपर्ने बताए ।