
काठमाडौं । एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट चुनिएकी छन् । अलब्राइटलाई सीईओ बनाउने प्रस्ताव अमेरिकी सिनेटबाट सर्वसम्मत पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएको हो ।
एमसीसीका कार्यवाहक सीईओ महमुद बाहले एलिसलाई बधाई दिंदै उनको स्वागतका लागि उत्साहित भएको बताएका छन् । ‘संयुक्त राज्य अमेरिका र एमसीसी परिवार हामी सबै एलिसलाई स्वागत गर्न निकै उत्साहित छौं,’ उनले भनेका छन् । एमसीसीको इतिहासको एक महत्वपूर्ण समयमा एलिस नेतृत्वमा आएको उनले उल्लेख गरेका छन् ।
एमसीसी एक अमेरिकी सरकारी एजेन्सी हो । उसले गरिबी घटाउन भन्दै विश्वका विभिन्न देशहरुमा अनुदान सहयोग दिंदै आएको छ ।
प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार