विनाले म्युजिक भिडियोमा पाएको सफलता

काठमाडौं । विना राउतले दुई वर्षअघि ‘तोरी तेल लाएर कपाल कालो भो’ गीतको म्युजिक भिडियोमा काम गरेर मोडलिङ करिअर सुरु गरेकी थिइन् ।

टंक बुढाथोकी र बुनु उप्रेतीको स्वर रहेको गीतको भिडियोमा उनी सुनिल क्षेत्रीसँग प्रस्तुत भएकी छन् । उक्त गीतको भिडियोलाई दर्शकहरुले रुचाए ।

‘रातो गुलाब’, ‘मेरो माया बसेको गाउँमा’, ‘मोहनी मन्तर’, चाइनिज पिलेट’, ‘पोखरेली नानी’ ‘कोकाकोला फिगर’, ‘सुटुक्कै’ उनले अभिनय गरेका केही म्युजिक भिडियो हुन् ।

म्युजिक भिडियोमा छोटो समयमै उनले पाएको सफलता लोभलाग्दो छ । ‘करिअर शुरु गर्दा यति मन पराउनुहुन्छ भन्ने सोचेको थिइन । तर मेहनत गर्नुपर्छ आफू सफलतामा पुगिन्छ भन्ने कुरा भने सुरुबाटै लाग्थ्यो,’ उनले भनिन् ‘एकदमै खुसी लाग्छ । दर्शकहरुबाट यति धेरै माया पाएकी छु ।’

टिकटकमा राम्रो फ्यान फलोअर्स कमाएकी उनलाई धेरैले टिकटकबाट उदाएकी मोडल भनेर समेत चिन्ने गरेका छन् । म्युजिक भिडियोमा सफलता पाइरहेकी विनाले बिहीबार आफ्नो २३ औं जन्मदिन मनाइरहेकी छन् । आउँदा दिनमा पनि सकेसम्म मेहनत गर्दै दर्शक/श्रोताले रुचाउने भिडियो दिने प्रयास रहने उनले बताइन् । चलचित्रमा अभिनय गर्ने सोच भएपनि तत्काल त्यसका लागि तयार नरहेको उनले बताइन् ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस