
काठमाडौं । नेपाली चलचित्र ‘बुलाकी’ को छायाङ्कन सकिएको छ । कर्णाली प्रदेशको जनजीवन, रितिरिवाज र संस्कृतिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको चलचित्रको छायाँकन डोल्पाबाट सुरु गरिएको थियो । फिल्मका केही दृश्य मुगु र जाजरकोटका बिभिन्न स्थानमा समेत खिचिएको जानकारी निर्माण पक्षले दिएको छ ।
सो चलचित्र मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको र चलचित्रको निर्देशक लक्ष्मण सुनार छन् ।
फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले, अमीत परियारलगायतका कलाकारको अभिनय रहेको छ ।
छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ को छायांकार शिब ढकाल हुन् । फिल्ममा गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ ।
निर्देशक सुनारले फिल्मको छायांकन निकै उत्कृष्ट तवरले सम्पन्न गरिएको बताउदै बाँकी दुई गीत केही समयपछि खिचिने जानकारी दिएका छन् ।