काठमाडौं । डल्ले खुर्सानी हामीले स्वादका लागि खाने गरिन्छ । तर स्वाद मात्र होइन यो हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक पनि छ । अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो मानिदैन, तर डल्ले खुर्सानी फाइदाजनक मानिन्छ ।
यसमा पाइने क्याप्सिसिन तत्वले खानाका परिकारलाई मिठो र स्वादिलो बनाउने गर्छ । नेपालको पहाडी भुभागमा बढी उत्पादन हुने यो खुर्सानीको नियमित सेवनले शरीरका धेरै समस्या समाधान गर्छ ।
यसको सेवनले ग्यास्ट्रिक तथा अल्सर रोगबाट बचाउछ । यदि मोटोपनले हैरान हुनुहुन्छ भने पनि यसको सेबन गर्नाले सजिलै मोटोपन घट्छ । यसको सेबनले तौल घटाउन मात्र नभई मुटुमम्बन्धी रोग र पिनासमा पनि लाभदायक मानिन्छ ।
अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ। यसको सेबनले थकाइ मेटाउन सहयोग गर्छ । हाडजोर्नी दुख्ने समस्या पनि हटाउछ ।
थकाई लागेमा यसको सेवनले शरिरमा शरीरमा स्फूर्ती ल्याउछ । यसको सेवनले पिसाब सम्बन्धी समस्या समाधान गर्छ । र रगतमा चिनीको मात्रा घटाउन पनि सहयोग गर्छ ।