म्युजिक भिडियोमा उपसनाको ५ लाख पारिश्रमिक

काठमाडौं । चलचित्रको काम शुरु नहुँदा अधिकांश कलाकारका लागि म्युजिक भिडियो दर्शकमाझ पुग्ने र आर्थिक लाभ गर्ने राम्रो माध्यम पनि बनेको छ । तर केही कलाकारले भने म्युजिक भिडियोमा काम गर्ने मन बनाएका छैनन् । अनमोल केसी, प्रदीप खड्का, जसिता गुरुङ, धिरज मगर, उपासना सिंह ठकुरी लगायतका कलाकारले भिडियोमा काम गरेका छैनन् ।

तर भिडियोमा काम नगरेका कलाकारले पारिश्रमिक भने चर्को माग्ने गरेका छन् । अभिनेत्री उपासना सिंह ठकुरीले हालै मात्र एक म्युजिक भिडियोका लागि ५ लाख रुपैयाँ पारिश्रमिक मागेको खबर बाहिरिएको छ ।

उपासनाले ५ लाख मागेपछि निर्माण टिम उनलाई भिडियोमा नलिने निर्णयमा पुगेको छ । उपासना चलचित्रकी व्यस्त अभिनेत्री हुन् ।

उपासनाले भिडियोमा काम नगर्ने मनसाय बनाएर चर्को पारिश्रमिक मागेकी हुन् वा उनले भिडियोमा काम गरेको मूल्य नै ५ लाख तोकेकी हुन्, यो भने उनैलाई थाहा होला । केही समयअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि भिडियोमा काम गरेको ५ लाख पारिश्रमिक मागेको खबर बाहिरिएको थियो ।

साम्राज्ञीले काम गरेका भिडियोले युटुबमा भ्युज नै बटुल्न नसकेपछि भिडियो मेकरहरु उनीसँग काम नगर्ने सोचमा पुगेको देखिन्छ ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस