भारतमा ३ लाख ४७ हजारमा कोरोना संक्रमण, ७०३ को मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३ जनाको कोरोना भाइरस संक्रमण पछि मृत्यु भएको छ भने पछिल्लो २४ घण्टाको समयमा २ लाख ५१ हजार भन्दा धेरै मानिसहरु कोरोना संक्रमण मुक्त भएका छन् ।

हाल भारतमा २० लाख १८ हजार कोरोना भाइरसको संक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस