
काठमाडौं । सुडानका प्रधानमन्त्रीले अबदल्ला हामदोकले राजीनामा दिएका छन् । नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि हामदोकले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री हामदोकले टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका छन् ।
देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनले भने, ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु ।’
सुडान एक खतरनाक मोड’मा रहेको बताउँदै उनले संक्रमणकालीन अवधिको बाँकी कामहरु पूरा गर्न मद्दत गर्ने बताएका छन् ।
गत अक्टोबर महिनामा सेनाले कु गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो ।
प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार