लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने

घोराही । पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा पुस २३ देखि २७ गतेसम्म घोराहीमा लुम्बिनी प्रदेशस्तरीय कार्यशाला हुने भएको छ ।

नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिने उद्देश्यले आयोजना गरिने कार्यशालामा निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण दिनेछन् ।

पाँचदिने कार्याशालामा पटकथा लेखन, निर्देशन, छायांकन र अभिनय विधामा प्रशिक्षण दिइने पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस