कारोबार सुरु भएको २ घण्टामा १०० अंक घट्यो नेप्से

काठमाडौँ । सोमबार साढे एक बजेसम्म सेयर बजारको परिसूचक नेप्से १ सय अंकले झरेको छ । सो अंकको कमीपछि परिसूचक २२६० अंकमा झरेको छ । सबै उपसमूहहरु राताम्मे भएका छन् ।

यस अवधीमा ८ कम्पनीको शेयरमूल्य नकरात्मक सर्किट लेभमा कारोबार भएको छ । यतिबेलासम्म एउटा कम्पनी बोटलर्स नेपाल तराईको मूल्य मात्रै बढेको छ । अरु १८८ कम्पनीको मूल्य घटेको छ ।

यतिबेलासम्म २ अर्ब ६० करोडको कारोबार भएको छ । धेरै फाइनान्स कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस