सकियो धिरज र अदितीको ‘बाबरी’को छायांकन

काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘बाबरी’को छायांकन सकिएको छ ।

चलचित्रको छायांकन निषेधाज्ञाअघि नै शुरु भएको थियो । तर, केही दिन चलचित्रको छायांकन गर्न नपाउँदै निषेधाज्ञा लागू भएपछि काम रोकिएको थियो । निर्माणपक्षले चलचित्रको छायांकन ३८ दिनमा सकिएको बताएको छ । यो चलचित्रलाई मोरङ, झापा, सिक्किम लगायतका स्थानमा गरिएको छ ।

यो चलचित्रमा नायक धिरज मगर, नायिका अदिती बुढाथोकीको साथमा नवकलाकार धिरज टोट्लानी मुख्य भूमिकामा छन् । चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ ।

अदितीले चलचित्र ‘कृ’मा काम गरेको केही वर्षपछि होम प्रोडक्सनको ‘बाबरी’मा काम गरेकी हुन् ।

निर्माणपक्षले चलचित्रको कुनै पनि तस्वीर सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस