
बाग्लुङ । बागलुङमा एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयका विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि ८२ जनाको स्वाव परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिए ।
समुदायस्तरमा पनि तीन जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको छ । कार्यालयका अनुसार विद्यालयमा थप विद्यार्थीको कोरोना परिक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।
कोरोना संक्रमित बढेसंगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बाग्लुङमा अहिले संक्रिय संक्रमितको संख्या ४१ पुगेको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार