
काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनअघि छायांकन हुँदाहुँदै रोकिएको चलचित्र ‘गुञ्जन’को एक गीतको छायांकन दुबईमा भएको छ । यो गीतको छायांकन गर्न दुबई पुगेकी नायिका सारा सिर्पालीको एक तस्वीरले सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको छ ।
साराले सार्वजनिक गरेको तस्वीरमा उनको सुन्दरताको प्रशंसा भइरहेको छ । साराका लागि चलचित्र ‘गुुञ्जन’ विशेष छ । किनकि, यो चलचित्र बक्स अफिसमा सफल भएको खण्डमा साराको करिअरका लागि सुखद् हुनेछ ।
यसअघिका तीनवटा चलचित्र असफल भएपछि साराका लागि ‘गुञ्जन’ करिअरको सहारा नै बनेको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार