आशाराम नेपाली (शंकर)लाइ पपुलर मत

बिजौरी । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत शनीवार सम्पन्न क्षेत्र नंवर २(ख)को निर्वाचनमा दलित तर्फका प्रदेश प्रतिनिधिका उम्मेदवार आशाराम नेपाली (शंकर)ले सवैभन्दा बढि मत ल्याएर विजयी भएका छन् ।

तरुणदलका वर्तमान जिल्ला सदस्य, अम्विकेश्वरी वहुदेश्यिय कृषि अनुसन्धान केन्द्र तुलसीपुर १८का सन्चालक, छर्छरे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था झिंगैका कार्यसमिति सचिव, युवा व्यवसायी तथा समाजसेवी नेपालीले प्रदेशसभा निर्वाचनमा खसेका कुल ३ सय ३९ मत मध्ये सवैभन्दा बढि २ सय ४० मत ल्याएर विजयी भएका हुन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस