
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवा(ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन–जीएमएम)मा अब ‘९७’ को नम्बरको रेन्जमा प्रयोग गर्न थालेको छ । ९८ को रेन्ज ‘अकुपाइ’ भएपछि टेलिकमले ९७ कै रेन्जमा जीएसएम नम्बर दिन थालेको हो ।
टेलिकमले ९७ को रेन्जमा कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) मा मात्रै प्रयोग गरिरहेको थियो । सीडीएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सीडीएमएबाट जीएसएममा रुपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । अब जीएसएमको नयाँ सिम पनि ९७ कै रेन्जमा राखेर वितरण शुरु भएको छ ।
टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी नेपाल दूरसञ्चार प्राधिकरणले दिएको अनुमति अनुसार जीएसएममा ९७ रेन्ज प्रयोगमा आउन थालेको बताउँछन् ।
नम्बरिङ प्लानअनुसार अहिले ९७६ मा आधारित भएर जीएसएम नम्बर वितरण गरिरहेको छ । टेलिकमले ९८४, ९८५, ९८६ गरी तीन रेन्जमा जीएसमा नम्बर वितरण गरिरहेको थियो ।
अहिले नेपामा करिब ३ लाख २० जार सीडीएम प्रयोगकर्ता छन् । अब उनीहरुलाई जीएसएममा लैजाने र नयाँ प्रयोगकर्तालाई पनि नयाँ रेन्जबाट नम्बर वितरण गर्ने योजना टेलिकमको छ ।