दाङ-
दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनामा गरिएको पिसिआर परिक्षणमा पुरुष महिला १/१ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुने घोराही र राप्तीका रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३२ रहेकोे छ ।
उनिहरु मध्य २ जना आईसियूमा, १ जना अक्सिजन सहितको उपचारमा रहेका छन् भने २९ जना घरमै रहेको केन्द्रले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार