
प्युठान–
प्युठानमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर २ ददेरी निवासी सिधिमान जिसीका ११ वर्षिय छोरा सुदिप जिसीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।
पैदल हिँडिरहेका जिसीलाई प्युठानवाट दाङको भालुवाङ तर्फ जाँदै गरेको रा ४ प ५०४८ नंम्वरको मोटरसाईलकलले ददेरीमा ठक्कर दिएको हो । जिसीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुुभयो ,
गैरेका अनुसार फरार मोटरसाईकल चालकलाई तुलसीपुरबाट पक्राउ गरी अहिले प्यूठान लगिएको छ । प्रहरीले घटनास्थलबाट मोटरसाईकल र मोटरसाईकलको पछाडी बस्ने एक जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
घटनापछि आक्रोशित मृतकका आफन्त र स्थानीयले शब सडकमै शब राखेर दर्भान भालुवाङ सडकखण्ड अबरुद्व पारेका छन् ।