राजपुर –
नेपाली कांग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेतले कांग्रेस सुधारको बाटोमा अघि बढेको बताउनुभएको छ । कांग्रेस राजपुर गाउँपालिका वडा नम्बर ७ ले गरेको कार्यक्रममा महासमिति सदस्य बस्नेतले लोकतान्त्रिक विधि र पद्धति अनुसार नै अहिले पाटी संचालन भइरहेको बताउनुभयो ।
उहाँले कांग्रेसलाई अझ शसक्त बनाउन पाटीका नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पाटीभित्रको तिक्ततालाई अन्त्य गरेर कांग्रेस १४ औँ महाधिवेशनपछि अझ झन शसक्त बन्ने उहाँको धारणा छ ।
तल्लो तहबाटै कांग्रेसप्रतिको आर्कषण बढेको भन्दै उहाँले कांग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडी बढाउने संकल्प नेतृत्वको जिम्मेवारी रहेको बताउनुभयो । नेपाली कांग्रेस राजपुर-७ का सभापति खिम सिं रानाको सभापतित्व तथा महासमिति सदस्य बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा विभिन्न पाटी परित्याग गरी ३५ जनाले कांग्रेसमा प्रवेश गरेका छन् ।
त्यस अवसरमा नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकी, राजपुर गाउँपालिकाका सभापति नरेन्द्र भण्डारी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, निवर्तमान कांग्रेस गाउँपालिका सभापति कृष्ण बस्नेत, वडा नम्बर ७ का अध्यक्ष भिमबहादुर खड्का, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष पवन यादव, क्षेत्रिय प्रतिनिधि प्रकास जिसी, नेपाल दलि विद्यार्थी संघ दाङका अध्यक्ष कलसिंह विक र राजपुर कांग्रेस सचिव इन्द्र भण्डारी लगायतले पाटीलाई बलियो बनाउन संगठन विस्तारको कामलाई तिब्रता दिनुपर्ने बताउनुभयो ।
चेतबहादुर वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण क्षेत्रिय प्रतिनिधि लाल सिं खड्काले गर्नुभएको हो ।