काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट ३’ को रिलिज हुने मिति तय भएको छ । यो चलचित्र पुस ३ गते नेपालभर एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्रका निर्माता अर्जुन कुमारले जानकारी दिए ।
चलचित्रले २०७६ सालको चैतमा प्रदर्शन मिति लिएको थियो । तर कोरोना महामारीका कारण प्रदर्शन रोकिएको यो चलचित्रको दोस्रो पटक रिलिज मिति सार्वजनिक गरेको हो ।
चलचित्र ‘चपली हाइट’को सिरिज हो । चलचित्रका दुई सिरिजले राम्रै व्यापारिक सफलता हाँसिल गरेका थिए ।
‘चपली हाइट ३’लाई निकेश खड्काले निर्देशन गरेका हुन । यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
केही दिनमा ट्रेलर सार्वजनिक गर्ने निर्माता अर्जुन कुमारले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार