काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक वर्तमान अवस्थाको बारेमा छलफल भएको जनाइएको छ। नेता त्रयको छलफलले सत्ता गठबन्धनको बैठक बोलाउने निर्णय गरेको छ। स्रोतका अनुसार गठबन्धन दलको बैठक ५ बजे बस्दै छ।
प्रधानन्यायाधीश प्रकरणमा दलहरु मौन रहेको आरोप लगिरहेको समयमा गठबन्धनको बैठक बस्न लागेको हो।
प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार



