प्रेस सेन्टर नेपाल रोल्पाको अध्यक्षमा गुरुङ

रोल्पा-

प्रेस सेन्टर,नेपाल जिल्ला समिति रोल्पाको कार्यसमितिमा देवी गुरुङको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण भएको छ। जसको उपाध्यक्षमा(खुला)रेशम बिक, उपाध्यक्षमा(समावेशी)स्मृति रोका मगर,सचीवमा भरत नेपाली,कोषाध्यक्षमा बुद्धिमान वली,सहसचिवमा(खुला)अशोक वली,सहसचिवमा(समावेशी)चन्द्र रोकामगर लगाएत रहनु भएको छ ।

अन्य सदस्यहरुमा बिमलराज डाँगी,रमेश डाँगी,जुनिस कुमार विष्ट,लोकेन्द्र सेन,मिलन रोकामगर,सिर्जना सेन,दिपक पुनमगर ,अस्मिता बुढामगर,जंग पुन,बन्दना घर्तीमगर,आशिष डाँगी,जनक गुरुङ,तेजवीर बिसी र खुम सुनार लगाएत पनि सर्वसम्मत चयन भएको बताइएको छ।

ध्यक्ष देवी गुरुङको अध्यक्षतामा भएको पाँचौ अधिवेशन कार्यक्रमको प्रमुख अतिथिमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्व सभामुख कृष्ण बहादुर महरा रहनुभएको थियो भने कार्यक्रमको विशिष्ट अतिथिमा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद के.सी र माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुनमगर रहनु भएको थियो।

अन्य अतिथिमा प्रेस सेन्टर,नेपाल लुम्बिनी प्रदेशका संयोजक मानसिंह बिक,माओवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र (थापा)घर्ती,रोल्पा नगर पालिकाका मेयर पूर्ण के.सी,जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियार र नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष नवीन लोचन मगर लगाएतको आतिथ्यता रहेको थियो।साथै कार्यक्रममा उपस्थित प्रमुख अतिथि,विशिष्ट अतिथि र अन्य अतिथिहरुले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस