दाङमा युुवा संगठन नेपालको राष्ट्रिय सम्मेलन : दोस्रो दिन आज पनि जारी


दाङ –
नेपाल कम्युुनिष्ट पार्टीको भातृ संगठन युुवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङमा सुरु भएको छ । शनिबार घोराहीको शहिद मञ्चमा पार्टीका महासचिब नेत्रबिक्रम चन्द बिप्लबले चारवटा मैन बत्ति बालेर सम्मेलनको उद्घाटन गर्नुभएको हो ।

संगनठले सम्मेलनको उद्घाटन पूूर्व घोराही बजारमा र्‍याली निकालेको थियो । सम्मेलन आयोजक समितिका संयोजक पाटन जंगलीको अध्यक्षता एवं पार्टीका महासचिब बिप्लबको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

भोलि सम्म चल्ने सम्मेलनले युवा संगठन नेपालको नयाँ नेतृत्व चयन गर्ने भएको छ । सम्मेलन उद्घाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य हेमन्त प्रकाश ओलीले अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

अहिलेको व्यवस्थाका कारण जनताको अवस्थामा कुनै सुधार नआएको भन्दै संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो । जनताको मन नजिति देशमा जनतन्त्र नआउने उहाँको भनाई छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस