
रोल्पा-
योङ्ग कम्युनिष्ट लिग,नेपाल परिवर्तन गाउँपालिकाको अध्यक्षमा पूणर् बुढामगर चयन हुनुभएको छ । सोमबार भएको भेलाले बुढामगरलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा गणेशदेव बाँठामगर र श्रीमन घर्तीमगर, कोषाध्यक्षमा एलिना पुनमगर, सचिवमा राकेश कुमाकी र सह-सचीवहरुमा विवश दर्लामी, रविन बुढामगर, मिना रोकामगर र मनप्रसाद पुनमगर सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
त्यसैगरी अन्य २६ जना सदस्यहरु पनि सर्वसम्मत रूपमा चयन भएको छन् । परिवर्तन गाउँपालिका वाइसीएल नेपालको नयाँ कार्य समितीमा ३५ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।
प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार