
तुलसीपुर-
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १५ को अध्यक्षमा रूपलाल चौधरी चयन हुनुभएको छ । एमालेको शनिबार भएको प्रथम वडा अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
नव गठित कमिटीको उपाध्यक्षमा धनी डाँगी , सचिवमा तेलाराम बुढाथोकी, उपसचिवमा श्यामलाल बूढा र तिलकराम नेपाली चयन भएको निर्वाचन अधिकृत राजिव ओझाले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष चौधरीले आफूलाई पार्टीले दिइएको जिम्मेवारी गम्भिररुपमा निर्वाह गर्ने बताउनुभयो । उहाँले आफूलाई वडाको नेतृत्व गर्नको लागि साथ सहयोग गर्ने सम्पूणर्लाई धन्यबाद ज्ञापन समेत समेत गर्नुभएको छ । उहाँले आफ्नो नेतृत्वको टिमले पार्टीको विकासका लागि एक भएर लाग्ने समेत बताउनुभयो ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका १५ का वडाध्यक्ष लक्ष्मण चौधरीले नवनिर्वाचित टिमलाई कार्यकालको शुभकामना दिँदै पार्टीलाई बलियो बनाउनको लागि अझ थप काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वडामा सर्वसम्मतबाट ऊर्जाशील नेतृत्व आएकोमा खुशी व्यक्त गर्नुभयो ।