कपिलवस्तुको कृष्णनगरमा हैजाको जीवाणु फेला


कपिलवस्तु, १ कार्तिक ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका केही वडामा फैलिएको झाडापखालामा हैजाको जीवाणु फेला परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कृष्णनगर नगरपालिकामा विभिन्न मितिहरूमा सङ्कलन गरिएका नमूनाहरूमध्ये ५५ वर्षका दुई जना, ७२ वर्षका एक जना पुरुष र ४ वर्षका एक जना बालिकामा हैजा गराउने जीवाणु फेला परेको हो ।

मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हैजा गराउने जीवाणु फेला परे पनि चिन्ताको विषय नरहेको बताउनुभयो ।

हालसम्म कृष्णनगरमा फैलिएको झाडापखालाका कारण ८ सय ९६ जना सङ्क्रमित भएका छन् । जसमा ४ जनाको मृत्यु भएको छ भने १९ जना उपचाररत छन् । अन्य सङ्क्रमित भने निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस