
काठमाडौं । पाकिस्तानमा आज बिहान ५.७ म्याग्निच्युटको भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् ।
पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि मानिसहरु आत्तिएर भागाभाग गरेका थिए ।
यो भूकम्पबाट क्षति ठूलो भएको अनुमान गरिए पनि यकिन हुन सकेको छैन । बलुचिस्तान प्रान्तका आन्तरिक मामिलामन्त्री मिर जिया उल्लाहले अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ ।
प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार