
रोल्पा । नेकपा एकृकित समाजवादी पार्टी भातृ संगठन अनेरास्ववियू रोल्पाले दशै तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी रोल्पाको आयोजनामा बुधबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।
अनेरास्ववियूका जिल्ला अध्यक्ष प्रताप घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय कमिटी सदस्य तथा जिल्ला अध्यक्ष हरी प्रसाद घर्ती मगर रहेका थिए भने विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती रहेका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी रोल्पाका जिल्ला प्रवक्ता किरण बुढामगर, एकीकृत समाजवादी पार्टी रोल्पाका जिल्ला सदस्य टकं बुढामगर, नेकपा एकीकृत समाजबादी पार्टी नगर कमिटी अध्यक्ष गोरख महरा, नेपाल पत्रकार महासघं रोल्पाका पुर्व अध्यक्ष खेम बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पाका सह–सचिव रेश्म विक, रेडियो मालश्रीका सुर्यप्रकाश वुढामगर लगाएतको सहभागिता रहेको थियो ।
अनेरास्ववियू रोल्पाका जिल्ला उपाध्यक्ष धनराज विकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन यूवा सघं नेपालका रोल्पा जिल्ला सचिव प्रशान्त बुढामगरले गरेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रमा बोल्दै प्रमुख अतिथि हरीप्रसाद घर्ती मगरले विद्यार्थीहरु पहिले जस्तो अहिलेको संगठनमा आवद्ध नभएको बताउदै आफुहरु वैज्ञानिक समाजबादको अभ्यासमा रहेको र अहिलेको शिक्षा व्यवहारमुखी हुनु पर्नेमा जोड दिए ।
साथै उनले विद्यालयहरुमा देखिएको चरम लार्पवाहिको कारणले गर्दा दक्ष जनशक्ति उत्पादन हुन नसकेको बताए । त्यस्तै विशिष्ट अतिथि सुरेन्द्र थापा घर्तीले आफुहरु केही समयसंगै भएर काम गरेको र एकृकीत समाजवादी पार्टी चोइटिएर नभइ नेकपा एमालेबाट विद्रोह गरेर आएको बताए ।
साथै आफुहरु नयाँ समाजबादको अभियानमा रहेको र अहिलेको समय र परिस्थितिअनुसार अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । अनेरास्ववियू रोल्पाले जिल्ला अध्यक्ष हरी प्रसाद घर्तीलाई नेकपा एकीकृत समाजबादी पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित भएकोमा बधाइ तथा शुभकामना प्रदान गरिएको थियो ।