तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न जिल्ला अधिवेशनमा पार्टी नेता क्षेत्र बहादुर बस्नेत सर्वसम्मत रुपमा जिल्ला सभापति चयन भएका छन् । निर्वाचन कार्यतालिका अनुसार जिल्ला अध्यक्षका अर्का प्रत्यासी भुपाल रावतले बस्नेतलाई सर्वसम्मत अध्यक्ष स्वीकार्दै उम्मेदवारी फिर्ता लिएपछि बस्नेत सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत अमर वलीले जानकारी दिएका छन् ।
त्यस्तै जिल्ला सदस्यहरुमा नारायण बहादुर थापा, दिपजंग केसी, प्रेमहादुर न्यौपाने, कृष्णबहादुर केसी, त्रिभुवन थापा, इन्द्रमणि डाँगी, गेहेन्द्र बहादुर बस्नेत, लुमाकान्त कवर मगर, श्यामसुन्दर बस्नेत, निरञ्जन गिरी, ललितप्रसाद पोखरेल चयन भएका छन् । त्यस्तैगरी प्रकाश भट्टराई, रोजिल गिरी, लक्ष्मीसिं राठोर, निरा योगी, अञ्जन अधिकारी, विष्णुप्रसाद गौतम, ध्रुव गौतम, मशेह शाह चयन भएको प्रदेश २ (ख) का अध्यक्ष चुर्ण बहादुर वलीले जानकारी दिए ।
आगामि कार्तिक २७ देखि काठमाण्डौमा हुने केन्द्रीय महाधिवेशन अन्तर्गत दाङ जिल्लामा पनि राप्रपालाई अधिवेशनको माहौलमा थियो । जिल्लामा सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयनमा अघि बढेको राप्रपा दाङले बुधबारसम्म सबै पालिका, वडा, क्षेत्र, प्रदेश र जिल्लामा समेत सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएको राप्रपा नेता दामोदर भण्डारीले जानकारी दिएका छन् ।
निर्वाचित भएसँगै यस अघि पनि जिल्ला सभापतिको भूमिकामा रहेका नवनिर्वाचित अध्यक्ष बस्नेतले पार्टीका अग्रज नेता तथा कार्यकर्ता र निर्वाचन समितिका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले राप्रपाको नीतिलाई अंगिकार गर्दै हिन्दु राज्य र संबैधानिक राजसंथाका विषयमा वकालत गर्दै मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षामा आफु सधै अघि बढ्ने विश्वास व्यक्त गरे ।
यसै क्रममा अघिल्लो साता भएको अधिवेशनमा राप्रपा तुलसीपुर उपमहानगरपालिकाको नगर अध्यक्षमा पर्बत बस्नेत सर्वसम्मत रुपमा चयन भएका छन् । राप्रपाको विहीबार भएको अधिवेशनले बस्नेतलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । युवा ब्यवसायी बस्नेत युवा माझ निकै लोकप्रिय छन् । सरल स्वभावका धनि बस्नेतले राजनीति सेवा मुलक हुनुपर्ने र यसलाई नाफा मुलुक बनाउनु गलत भएको बताए । बस्नेतका बुवा क्षेत्रबहादुर बस्नेत राप्रपा दाङको अध्यक्ष हुन । यो परिवार बिगतदेखि नै अनबरतरुपमा राप्रपामा आबद्ध रहँदै आएको छ ।
त्यस्तै अधिबेशनले दाङ निर्वाचन क्षेत्र नं ३ को अध्यक्षमा छोटिलाल थारुलाई सर्वसम्मतरुपमा चयन गरेको छ । प्रदेश सभा ३ ‘क’ को अध्यक्षमा लक्ष्मण केसी, प्रदेश ३ ‘ख’ श्रीमन न्यौंपाने सर्वसम्मत चयन भएका छन् । त्यस्तै दाङ निर्वाचन २ (क) मा ईश्वरीप्रसाद शर्मा र क्षेत्र नं. २ (ख) को अध्यक्षमा चुर्णबहादुर वली सर्वसम्मत रुपमा चयन भएका छन् । क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा नर बहादुर बुढाथोकी चयन भएका छन् । त्यस्तै दाङ निर्वाचन क्षेत्र नं.१ को सभापतिमा लिला यादब चयन गरिएका छन् । निर्वाचन क्षेत्र नं. १ (क)मा कमल नारायण चौधरी र १ (ख) शेषमनि घिमिरे सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।
जिल्ला निर्वाचन समिति संयोजक अम्मर वली, केन्द्रीय कार्यसम्पादन सदस्य टोपबहादुर शाह, केन्द्रीय सदस्य तिलकबहादुर बस्नेत, बंशीकुमार शर्मा, मिना स्वर्णकार, हरि देवकोटा, दामोदर भण्डारी, जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत, जिल्ला सहअध्यक्ष हंसराज केसी, उपाध्यक्ष भुपाल रावतलगायतको उपस्थितिमा राप्रापा भित्र सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ ।