
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषद्मा आफ्नो भागबाट पनि एक दुई जना मन्त्री बन्न लागेको भन्ने समाचार सत्य नभएको बताएका छन् ।
सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग सामेबार भएको भेटमा प्रधानन्याधीश जबराले सो कुरा सत्य नभएको भन्दै त्यसको खण्डन गर्ने पनि बताएका छन् ।
मन्त्रालय बाँडफाँटमा प्रधानन्याधीश जबराले भाग खोजेको समाचार आएपछि सर्वोच्च बार एशोसिएसनका पदाधिकारी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न पुगेका थिए ।
प्रधानन्याधीश जबरासँग सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले समाचारका विषयमा चासो मात्र राखेनन्, यदि झुटो हो भने खण्डन गर्नुपर्ने सुझाव दिएका थिए ।
जबराले भनेका छन्, ‘अब जुन नाम आएको छ, एउटा दीपक तिमल्सिनाको आयो । अर्को गजेन्द्र हमालको नाम आयो । गजेन्द्र हमाल भनेको त शेरबहादुर सरहका कांग्रेस नेता हुन् नि । उसँग मलाई जोड्न पर्छ र ?’
प्रधानन्यायाधीश जबराले त्यसलाई ‘जोक’ भएको बताए ।